title : MUTU JALI RAHECHA
Vocal : Bhakta Raj Achargya
मुटु जलिरहेछ, यो मन गली रहेछ
तिम्रो याद आईदिंदा,
आँशु त्यसै बगेछ – २
मुटु जलिरहेछ
मिलनका हरेक पलहरु, मुटुभित्र कहीँ बसेछ–- २
विपना मैं सपना देख्ने
बानी मलाई परेछ – २
हुरी चलीरहेछ, घाउ दु:खी रहेछ
तिम्रो याद आईदिंदा,
आँशु त्यसै बगेछ – २
मुटु जलिरहेछ ।
तिम्रो मायाका न्यानो पनमा ,मेरो माया बाँचिदिएछ–- २
तिम्रा ओंठका मुस्कान संगै,
मेरो हाँसो विलाई दिएछ – २
जीवन ढलिरहेछ, व्यथा बढिरहेछ
तिम्रो याद आईदिंदा,
आँशु त्यसै बगेछ – २
मुटु जलिरहेछ ।

